सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीको बिदाइ भएको छ।
सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणमा आएका गृहसचिव रामेश्वर दंगालले शुक्रबार उनलाई बिदाइ गरेका हुन्।
साथै उनले धौवजीलाई अवकाश पछिको जीवन सुखमय रहोस् भन्ने शुमभकाना समेत व्यक्त गरे।
सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायब महानिरीक्षक धौवजीले संगठनमा पुर्याएको योगदानको प्रशंसा गरे।
३० वर्षे अवधिका कारण अनिवार्य अवकाश भएका सशस्त्र प्रहरी नायब महानिरीक्षक धौवजी २०५२ साल असोज २५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरी सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए। उनी २०८२ वैशाख २४ गतेदेखि प्रवक्ताको जिम्मेवारीमा थिए।