ललितपुर महानगरपालिकाले जेनजी प्रदर्शनमा सहिद भएका विनोद महर्जनको परिवारलाई पाँच लाख रूपैयाँ दिएको छ।
शुक्रबार मेयर चिरीबाबु महर्जनले कार्यक्रमबीच सहिद विनोद महर्जनको परिवारलाई पाँच लाख रूपैयाँ प्रदान गरेका हुन्।
यसअघि नै महानगरको बोर्ड बैठकले महानगर-७ का सहिद विनोद महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो।
जेनजी आन्दोलनमा धेरै कर्मठ युवाहरूको ज्यान गएकोमा दुख व्यक्त गर्दै मेयर महर्जनले ललितपुर महानगरको लागि विनोदको निधनले अपुरणीय क्षति पुगेको बताए।
विनोद महर्जनकी दिदी विना महर्जनले भाइको निधन परिवारलाई मात्रै नभएर देशकै लागि अपुरणीय क्षति भएकोमा दु:ख व्यक्त गरिन्।
यस्तै, महानगरले आर्थिक सहयोग गरेकोमा महानगरलाई धन्यवाद दिइन्।