इसराइल-हमास युद्धविरामसँगै गजामा बन्धक बनाइएकाहरू चाँडै फर्कने विश्वास बढेको छ।
झन्डै २ वर्षदेखि प्यालेस्टिनी अतिवादी समूहको कब्जामा रहेका बन्धकहरु युद्धविरामसँगै अर्को साताबाट छुट्न सक्ने बताइएको छ।
हमासको कब्जामा रहेका ४८ जना बन्धकमध्ये २० जना जीवित रहेको सार्वजनिक भइसकेको छ। ती बन्धकहरू सोमबार वा मंगलबारदेखि छुट्नेछन् भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
ट्रम्पले नै तयार पारेको प्रस्तावमा टेकेर इजिप्टमा लामो छलफलपछि युद्धविराम घोषणा भएको थियो। युद्धविराम घोषणासँगै ट्रम्पको भूमिकाको विश्वमा तारिफ भइरहेको छ।
बन्धकका परिवारहरू इसराइली राजधानी तेल अविभस्थित होस्टेज स्क्वायरमा जम्मा हुन थालेका छन्।
अमेरिकी टेलिभिजन नेटवर्कले शुक्रबार बन्धकहरूको सूची सार्वजनिक गरेको छ।
सूची अनुसार नेपालका विपिन जोशीको अवस्था भने अज्ञात रहेको भनेर होस्टेज फेमिली फोरमलाई उद्धृत गरेर सिएनएनले लेखेको छ।
मृत्यु भइसकेको भनेर आकलन गरिएका २६ जनाको सूची पनि सिएनएनले सार्वजनिक गरेको छ।
ती २६ जनाको सूची यसप्रकार छ—
१. इनबार हायमान – २७ वर्ष
२. तामिर आदार – ३८ वर्ष
३. मोहम्मद अलात्रास – ४० वर्ष
४. अविभ आत्जिली – ४९ वर्ष
५. सहार बारुख – २५ वर्ष
६. युरिएल बारुख – ३५ वर्ष
७. अमिराम कुपर – ८५ वर्ष
८. इताय चेन – १९ वर्ष
९. ओज डानिएल – १९ वर्ष
१०. रोनेन एङ्गेल – उमेर अज्ञात
११. रन ग्विली – २४ वर्ष
१२. म्यानी गोडार्ड – ७३ वर्ष
१३. तल हाइमि – ४१ वर्ष
१४. गाइ इलौज – २६ वर्ष
१५. इतान लेभि – ५३ वर्ष
१६. एलियाहु मार्गालिट – ७५ वर्ष
१७. जोसुवा मोल्लेल – २१ वर्ष
१८. ओमर म्याक्सिम न्युट्रा – २२ वर्ष
१९. सन्थाया ओक्कारास्री – उमेर अज्ञात
२०. ड्रोर ओर – ४९ वर्ष
२१. डानिएल पेरेज – २२ वर्ष
२२. सुद्थिसाक रिन्थालक – उमेर अज्ञात
२३. लिओर रुडाएफ – ६१ वर्ष
२४. योस्सि शराबी – ५३ वर्ष
२५. आर्ये जाल्मानोभिच – ८५ वर्ष
२६. हदार गोल्डिन – २४ वर्ष (सन् २०१४ मा मारिएको उल्लेख)
यो पनिः विपिन जोशीको स्थिति अज्ञात, यी हुन् जीवित र मृत्यु भएको आकलन गरिएका बन्धकहरू