सर्लाहीबाट प्रहरीले लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिक छन्।
प्रहरीले बागमती नगरपालिका वडा न. ६ बस्ने २८ वर्षीय जीवन घिसिङ, सर्लाहीकै ब्रम्हपुरी गाउँपालिका वडा नं. ०४ त्रिभुवन नगर बस्ने १८ वर्षीय प्रिन्स कुमार यादव, भारतको बिहार राज्य सितामढी जिल्ला सोनबर्षा थाना बसन्तपुर टोल बस्ने २० वर्षीय कृष्ण कुमार यादव र १७ वर्षीय किसन कुमार साह पक्राउ परेका हुन्।
जीवन २१ असोज साँझ ५ बजेतिर उनी राधा कृष्ण मन्दिरस्थित बाँसघारीमा बा प्र ०२–०३० प ५५७० नं.को मोटरसाइकल सहित शंकास्पद अवस्थामा बसिरहेका थिए। प्रहरी चौकी राजघाटबाट खटिएको गस्ती टोलीले खानतलासी गरेको थियो। त्यस क्रममा जीवनसँग रहको कालो रङको प्लाष्टिकको झोलाबाट प्रतिबन्धित लागूऔषधहरू फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश राईले जानकारी दिए।
उनको साथबाट ट्राम्यान–५० क्यापसुल २१४ पिस, स्पास्मोम क्यापसुल २०० पिस, गाँजा अ.२५ ग्राम, नगद २ हजार ५ सय ३० रुपैयाँ र ९७०४०३३५८२ नं.को सिम सहितको मोवाईल–१ थान र मोटरसाईकल समेत बरामद गरिएको उनले बताए। जीवन विरूद्ध लागूऔषध मुद्दामा ईलाका प्रहरी कार्यालय, बरहथवा मार्फत थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको छ।
त्यसैगरी २१ असोज साँझ ४ः४५ बजेतिर लालबन्दी नगरपालिका वडा नं. १ नवलपुर टोल स्थित भित्री सडक खण्डबाट प्रिन्स, किसन र कृष्ण पक्राउ परेका हुन्।
प्रहरी नायब निरीक्षक भरत साह नेतृत्वको टोलीले सरप्राइज चेकिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको थियो। बिआर ०६ सिभी ९९८५ नं. को भारतीय मोटरसाइकलमा सवार उनीहरूलाई मानिसहरूलाई रोकी चेक जाँच गर्दा लागूऔषध अनरेक्स–१०० एमएल एक सय सत्र बोतल बरामद भएको डिएसपी राईले बताए।
चारै जना विरूद्ध लागूऔषध मुद्दामा अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।