गृह मन्त्रालयले धर्ना/जुलुसअघि वार्ताको माध्यमबाट समाधान गर्नेतर्फ अग्रसर हुन अनुरोध गरेको छ।
बुधबार सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गरी धर्ना/जुलुसअघि समाधानतर्फ अग्रसर हुन अनुरोध गरेका हुन्।
‘मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख र धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरूलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन मन्त्रालय सबैसँग अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत् समाधान गर्न सरकार सधैं सकारात्मक रहेको व्यहोरा अनुरोध गर्दै धर्ना, जुलुस लगायतका कार्यक्रम गर्नुअगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक अनुरोध छ।’
सरकार निर्वाचनको वातावरण बनाउनतर्फ अग्रसर रहेको पनि विज्ञप्तिमा भनिएको छ।
