पाटनको ऐतिहासिक मूलचोकमा प्राचीन लयमा ठेचो (थेच्व) का देवगणहरूले परम्परागत विधिअनुसार मंगलबार नवदुर्गा नाच प्रस्तुत गरेको छ।
यस नाचको प्रस्तुतिसँगै यो वर्षको दसैं औपचारिक रूपमा सम्पन्न भएको मानिन्छ।
प्रत्येक वर्ष विजयादशमी र कोजाग्रत पूर्णीमाका दिन मंगलबजारमा दुईपटक प्रदर्शन हुने यो नाच लिच्छवीकालीन परम्परासँग जोडिएको छ।
नाचका लागि देवगणहरूले देवता घरबाट मू द्य: (मुख्य देवता), मुकुन्डो, कलेवर पोसाक र गरगहना खर्पनमा बोकेर मंगलबजार पुगेका थिए।
नाचअघि ११ देवगण, ३ जना नाइके र अन्य गुठीयार गरी ३४ जनाले देवता घरमा विशेष पूजा गरी आशीर्वाद लिएका थिए। यो विधिले केवल धार्मिक आस्था मात्र होइन, संस्कृतिको निरन्तरताको प्रतीक पनि बोकेको मानिन्छ।
लिच्छवी राजा मानदेवका इष्टदेवी मनमानेश्वरी (पुरानो तलेजु) सँग सम्बन्धित यो नाच पाटन क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा जिवित रहँदै आएको छ। प्रत्येक वर्षको यो प्रदर्शनले नयाँ पुस्तालाई पुरानो सभ्यतासँग जोड्ने सेतुको काम गरेको छ।
तस्बिरहरूः
-1759900033.jpg)
-1759900039.jpg)
-1759900039.jpg)
-1759900037.jpg)
-1759900038.jpg)
-1759900036.jpg)
-1759900037.jpg)
-1759900036.jpg)
-1759900036.jpg)
-1759900036.jpg)
-1759900034.jpg)
-1759900035.jpg)
-1759900035.jpg)
-1759900033.jpg)
-1759900034.jpg)
-1759900034.jpg)
-1759900034.jpg)
-1759900034.jpg)
-1759900033.jpg)
-1759900032.jpg)