जल तथा मौसम विज्ञान विभागले पछिल्ला दुई दिनमा नेपाल टेलिकम र एनसेलमार्फत करिब ६५ लाख १६ हजार २९६ वटा बाढी पूर्वसूचना सम्बन्धी सन्देश सम्प्रेषण गरेको जनाएको छ।
विभागका अनुसार असोज १८ गतेदेखि सुरू गरिएको एसएमएस पूर्वसूचना प्रणालीमार्फत् जोखिमग्रस्त क्षेत्रका नागरिकलाई सचेत पार्ने उद्देश्यले यो सन्देश पठाइएको हो।
यस कार्यमा सहयोग पुर्याएकोमा नेपाल टेलिकम र एनसेललाई विभागले विशेष धन्यवाद ज्ञापन गरेको छ।
विभागले आगामी दिनमा पनि विपद् न्यूनीकरण र जनसुरक्षाका लागि यस्ता सूचना प्रसारणलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेको छ।