गृह मन्त्रालयले विपदको जोखिम नरहेका जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक सेवा सञ्चालन गर्न पत्राचार गरेको छ।
मन्त्रालयले आइतबार ७७ वटै जिल्लामा पत्राचार गर्दै सेवा सञ्चालन गर्न भनेको हो।
विपदको जोखि तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूको हकमा सार्वजनिक सेवा सञ्चालन गर्न भनिएको छ।
यसअघि सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको थियो। बिदा दिइएको भएपनि सम्भव भएका ठाउँमा सेवाहरू दिनलाई पत्राचार गरिएको हो।