जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अरूण, तमोर, सप्तकोशी, केशलिया र कन्काई नदीका केही स्थानमा बाढीले खतराको तह पार गरेको बताएको छ।
महाशाखाका अनुसार धनकुटामा अरूण नदीले खतराको तह पार गरेको छ। त्यहाँ अरूण नदीको जल सतह ११.२३ मिटर पुगेको छ।
धनकुटामै तमोर नदीले पनि जलसतह खतराको तह पार गरेको छ। त्यहाँ तमोर नदीको जल सतह ११.४७ मिटर पुगेको छ।
सुनसरीको चतरामा सप्तकोशीले खतराको तह पार गरेको छ। त्यहाँ कोशी नदीको जल सतह ७.१३ मिटर रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
सुनसरीस्थित केशलिया, इलामको कन्काई नदीले खतराको तह पार गरेको छ। कन्काई नदीको जल सतह ५.६१ मिटर पुगेको छ।