जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी, तमोर, अरूण र सुनकोशीमा बहाव खतरा तहभन्दा माथि रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार बागमती र कमलामा नदीको बहाव घट्दो क्रममा रहेको छ।
आइतबार इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषाका स–साना नदीहरूमा
आकस्मिक बहावको उच्च सम्भावना रहेको पनि महाशाखाले जनाएको छ
डुवान भएका क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज पानी पार्ने प्रणाली पूर्वतिर सक्रिय छ। उक्त प्रणालीले आइतबार बेलुसम्म मध्यमदेखि भारी वर्षा गराउने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।