भक्तपुरको साँगामा पहिरो खसेको छ।
शनिबार दिनभरि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरूद्ध भएका छन्।
भक्तपुरको झोलुंगेपुल नजिकै पनि पहिरो खसेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
उनका अनुसार पहिरो खस्दा आवतजावत रोकिएको छ।