सशस्त्र प्रहरी बलले बिदामा रहेका सबै सशस्त्र प्रहरी कर्मचारीलाई नजिकैको प्रहरी कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।
विपदमा उद्धारका लागि परिचालन गर्न परेकाले सबै कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सकेको खण्डमा आफ्नै कार्यालयमा हाजिर हुन भनिएको छ।
'बिदामा भएका सबै कर्मचारीलाई तत्काल हाजिर हुन र आफ्नो कार्यालयमा तत्काल हाजिर हुन नसके नजिकैको जुनसुकै कार्यालयमा हाजिर भएर उद्धारमा जुट्न निर्देशन भएको छ,' उनले भने।
अहिले देशभरि नै विभिन्न निकायका सुरक्षाकर्मीहरू हाई–अलर्टमा राखिएका छन्।
केही दिन भारी वर्षा हुने भएकाले उद्धारका लागि सुरक्षा निकायहरू परिचालन भएका हुन्।