झापामा चट्याङ लागेर बुधबार यहाँ एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो।
बुधबार बिहान ११ः०० बजे वर्षासँगै परेको चट्याङ लाग्दा उनी घाइते भएकी थिइन्।
मुसहर बस्ती निवासी दिलकुमारी खेतमा बाख्रा लिन गए बेला उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ।
घाइते दिलकुमारीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा गर्दा बाटोमै उनको मृत्यु भएको हो।