फिल्डमा खटिएका प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुली, घ्याङलेख गाउँपालिका वडा नम्बर ५ का ३६ वर्षीय नेवाङ्ग तामाङ रहेको प्रहरीले जानकारी दिएको छ।
उनलाई काठमाडौं महानगरपालिका–१० बुद्धनगरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
नेवाङले ड्युटीमा खटिएका प्रहरीलाई अपशब्द प्रयो गर्दै गालीगलौज गरेको भिडिओ सामाजिक सञ्जालमा राखिएको थियो।