तुइन खोलामा आएको पहिरो पन्छाएर मुग्लिन–नारायणघाट सडक खण्डको यातायात सञ्चालनमा ल्याइएको छ।
सडक डिभिजन भरतपुरले मंगलबार राति साढे ८ बजे उक्त सूचना जारी गरेको हो।
तुइन खोलाको पुल नजिकै वर्षाका कारण माथिबाट लेदो खस्दा सडक अवरूद्ध भएको थियो। मेसिनबाट पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको सडक डिभिजनले जनाएको छ।
अघिल्लो साता त्यही ठाउँमा पहिरो खस्दा ४५ घन्टा यातायात सञ्चालन रोकिएको थियो। त्यसयता पहिरो खस्ने र त्यसलाई पन्छाएर बाटो खुलाउने क्रम जारी छ।