तुइन खोलामा लगातार आइरहेको पहिरोले मुग्लिन–नारायणघाट सडक खण्ड फेरि अवरूद्ध भएको छ।
सडक डिभिजन भरतपुरले मंगलबार राति साढे ७ बजे उक्त सूचना जारी गरेको हो। तुइन खोलाको पुल नजिकै वर्षाका कारण माथिबाट लेदो खस्दा सडक अवरूद्ध भएको सडक डिभिजनले जनाएको छ।
पहिरो पन्छाउन उक्त स्थानमा मेसिन पठाइएको जानकारी दिँदै सूचनामा भनिएको छ, 'रोकिएका सवारी साधनहरूलाई कृपया संयमित भई लेन अनुशासन पालना गर्नु हुन अनुरोध गर्छौं।'
अघिल्लो साता त्यही ठाउँमा पहिरो खस्दा ४५ घन्टा यातायात सञ्चालन रोकिएको थियो। त्यसयता पहिरो खस्ने र त्यसलाई पन्छाएर बाटो खुलाउने क्रम जारी छ।