दाङमा ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन्।
घोराही उपमहानगरपालिका–१० जलौराका २५ वर्षीय निर्मल डाँगी र सोही वडाको बुधौरा चोक बस्ने २५ वर्षकै शरद घर्ती मगर पक्राउ परेका हुन्।
गोप्य सूचनाको आधारमा घोराही – ८ सौंडीस्थित भित्री सडक खण्डमा रा ४ प ५२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर खान तलासी गर्दा ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिएको छ।
उनीहरूको साथबाट ४ ग्राम ११० मिली ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए।
पक्राउ परेकाहरू उपर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।