पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गत भदौ २३ र २४ गते जेन–जी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल जाने भएकी छिन्।
उनी शुक्रबार दिउँसो साढे चार बजे प्रहरी अस्पताल जान लागेको भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए।
जेन–जी प्रदर्शनका क्रममा हालसम्म ७४ जनाको मृत्यु भएको छ। दुई सय जनाभन्दा बढी घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।