गत भदौ २४ गतेको प्रदर्शनको मुख्य निशाना सरकारी एवम् सार्वजनिक सम्पत्ति पर्यो। सार्वजनिक भवनमा आगो झोसिए भने भवन परिसरमा रहेका सवारी साधनहरू तोडफोड र आगजनी गरियो।
सिंहदरबार र आसपासका कार्यालयमा मात्रै १०४२ सवारी साधन क्षतिग्रस्त तुल्याइए।
अहिले ती क्षतिग्रस्त सवारी साधन व्यवस्थापनको काम सुरू गरिएको छ।
सिंहदरबारभित्र तोडफोड र आगजनी गरिएका सवारी साधनहरू नयाँ बानेश्वरस्थित संसद भवनमा लगेर व्यवस्थापन भइरहेको छ।
अहिले धमाधम सिंहदरबार परिसरमा अलपत्र अवस्थामा रहेका भग्न सवारी साधन व्यवस्थापन भइरहेको हो।
गत भदौ २४ गतेको तोडफोड र आगजनीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, संघीय मामिला मन्त्रालयमा बढी क्षति पुगेको छ। अर्थमन्त्रालयको आगलागी भएको भागमा रङरोगन सुरू गरिएको छ।
तस्बिरहरू:
-1758265865.jpg)
-1758265864.jpg)
-1758265863.jpg)
-1758265863.jpg)
-1758265863.jpg)
-1758265864.jpg)
-1758265862.jpg)
-1758265861.jpg)
-1758265861.jpg)
-1758265860.jpg)
-1758265858.jpg)
-1758265857.jpg)
-1758265856.jpg)
-1758265856.jpg)
-1758265855.jpg)
-1758265855.jpg)