सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु भएको छ।
हरिपूर्वा नगरपालिका-५ संग्रामपुरस्थित संग्रामपुर-बाँके सडकखण्डमा बिहीबार साँझ बिआर ३० एई ८२२८ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना वृद्ध पैदलयात्रीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा सोही स्थानका ६८ वर्षीय गजेन्द्र सिंह छन्।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो।
उपचारको क्रममा राति पौने ८ बजे वृद्धको मृत्यु भएको हो।
मोटरसाइकल चालक सर्लाहीको पर्सा गाउँपालिका-५ का अन्दाजी २४ वर्षीय सरवनकुमार साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।