काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट वृद्धको मृत्यु भएको छ।
बिहीबार बिहान साढे ५ बजे महानगर यातायातको बा.प्र. ०१-००६ ख ७५४३ नम्बरको बसले मूल सडकमा एक वृद्धलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार मृत्यु हुनेमा संखुवासभा घर भइ बनस्थली बस्ने ६८ वर्षीय जसबहादुर मगर छन्।
उनको शव घटनास्थलमै छ। त्यहाँ सेना र प्रहरीले शवलाई घेरेर राखेका छन्।
एसपी गिरीका अनुसार अहिले कानुनी प्रक्रिया चलिरहेको र त्यो पूरा भएपछि शव पोस्टमर्टमका लागि लगिनेछ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।