भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा मौन सभा तथा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको छ।
बुधबार राष्ट्रिय शोक दिवस- २०८२ का अवसरमा जेनजी मुभमेन्ट अलायन्सले काठमाडौंको माइतीघर मण्डलमा मौन सभा तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा कुनै पनि प्रकारको भाषण, नारा वा झण्डा बिना सहभागीहरूले शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
जेनजी अलायन्सले जारी गरेको वक्तव्यमा शहीदहरूको बलिदानले राष्ट्रको जग बसाएको उल्लेख गर्दै ‘शहीदका सपना पूरा गर्नु अबको हाम्रो सामाजिक–राजनीतिक दायित्व हो’ भनिएको छ।
अलायन्सले अन्तरिम सरकारलाई आन्दोलनका क्रममा भएको राज्य दमनको जिम्मेवारी लिन र आन्दोलनकारीहरूसँग स्पष्ट सम्झौता गर्दै जेनजी क्रान्तिलाई वैधानिक राजनीतिक निकास दिन माग गरेको छ।
साथै, शहीद परिवार र घाइतेहरूको माग तत्काल पूरा गर्न पनि सरकारलाई आग्रह गरिएको छ।
तस्बिरहरू:
-1758114259.jpg)
-1758114259.jpg)
-1758114258.jpg)
-1758114256.jpg)
-1758114256.jpg)
सबै तस्बिर: न्युज एजेन्सी नेपाल