कैलालीमा सुधार केन्द्रमा राखिएका एक युवकको मृत्यु भएको छ।
गोदावरीको अत्तरियास्थित उग्रतारा सुधार केन्द्रमा राखिएको डोटी जोरायल गाउँपालिका-२ का २८ वर्षीय सागर मल्लको मृत्यु भएको हो।
उनी बुधबार बिहान बेहोस अवस्थामा भेटिएका थिए। उपचारका क्रममा सेती प्रादेशिक अस्पतालले उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्द मल्लले जानकारी दिए।
'मानसिक बिरामी भएकाले ४ महिनाअघि सुधार केन्द्रमा राखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,' उनले भने, 'घटनाबारे थप अनुसन्धान भइरहेको छ।'