जेनजी पुस्ताले गरेको आन्दोलनपछि बन्द रहेका विराटनगरका विद्यालयहरूमा पठनपाठन सुरू भएको छ।
भदौ २३ र २४ भएको आन्दोलनले बन्द भएका विद्यालयहरू आइतबारदेखि सञ्चालनमा आएका छन्।
विराटनगर महानगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय तथा कलेज आइतबारदेखि खुलेका हुन्।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आन्दोलनपछि लगाइएको कर्फ्यू र निषेधाज्ञा क्रमश: हट्दै गएकाले आइतबार देखि शिक्षण संस्था संचालन गर्न भनेको हो।