काठमाडौंको बानेश्वरमा भएको प्रदर्शनको क्रममा मंगलबारमात्रै ३० जना घाइतेलाई सिभिल अस्पताल लगिएको छ।
मंगलबार बिहानदेखि संसद भवन अगाडि प्रर्दशन हुँदा ३० जनाभन्दा बढीको सिभिल अस्पतालमा उपचार भइरहेको बताएको छ।
बिहान फाट्टफुट्ट आएपनि अहिले एक घन्टामा ३० जनाभन्दा बढी घाइते आएको सिभिल अस्पतालका इमर्जेन्सी विभागका प्रमुख रमेश पन्तले जानकारी दिए।
'अहिले फेरि आन्दोलन चर्किएको छ। घाइते आउनेको संख्या बढ्यो,' उनले भने, 'अहिले ल्याइएको ३० जनामध्ये ४/५ जना गम्भीर अवस्थामा छन्।'
सोमबार गोली लागेकाहरूमा १ जनाको अवस्था गम्भीर छ। सयौं घाइतेहरूको उपचार भइरहेको उनले जानकारी दिए।