हाल देशभरि मनसुनी वायुको प्रभाव छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।
शुक्रबार बिहान कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको महाशाखाको वेबसाइटले देखाउँछ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ।
लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भु-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ।
शुक्रबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।
राति कोशी प्रदेश बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।