काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेको छ।
मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोंगबुको एक घरमा छापा मारेको हो।
ठूलो रकम रहेको सूचना प्राप्त भएपछि टोली खटिएको छ।
एआइजी टेक तामाङले प्रहरीले छापा मारेको र ठूलो परिमाणमा रकम बरामद भएको पुष्टि गरे।
यद्यपि कति रकम हो भन्ने यकिन भइसकेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार गोरखा घर भई काठमाडौंको गोंगबु बस्ने ७६ वर्षीय विनोदकुमार श्रेष्ठ पनि नियन्त्रणमा छन्। उनले सुन व्यवसायी कारोबारीसँग कारोबार गर्ने गर्थे।
रकम गन्नका लागि बैंकबाट मेसिन मगाइएको स्रोतले बतायो। उक्त रकम करोडमा हुनुपर्ने प्रहरीको प्रारम्भिक बुझाइ छ।