झापामा माटो निकाल्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक जना महिलाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार कचनकवल गाउँपालिका-२, रतिबारीमा माटो निकाल्न खनिएको खाल्डोमा जमेको पानीमा परेर ४६ वर्षीया उजारू राजवंशीको ज्यान गएको हो।
उनको शव आइतबार साँझ करिब ५ बजेतिर घर नजिकैको खेतमा रहेको गहिरो खाल्डोमा डुबेको अवस्थामा फेला परेको थियो।
स्थानीयले खबर गरेपछि घटनास्थल पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाएको छ।