सर्वोच्च अदालतको प्रवक्तामा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइराला तोकिएका छन्।
बिहीबार सर्वोच्चले कोइरालालाई प्रवक्ताको जिम्मेवारी दिएको हो।
यसअघि सहरजिस्ट्रार अच्युत कुइँकेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि खाली रहेको थियो।
अहिले सर्वोच्चले कोइरालालाई प्रवक्ताको जिम्मेवारी दिएको हो। उनी पेसी तथा इजलास व्यवस्थापन महाशाखाका प्रमुख समेत थिए।
अहिले उनी मुद्दा शाखाका प्रमुख समेत भएका छन्।