नुकाकोटमा जुवा खेलिरहेका ठाउँबाट १० लाख ७१ हजारसहित २२ जना पक्राउ परेका छन्।
शिवपुरी गाउँपालिका-६ गुर्जेमा रहेको बार्दलीइन होटेलमा जुवा खेलिरहेको ठाउँबाट १० लाख ७१ हजार ६ सयसहित २२ जना पक्राउ परेका छन्।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको टोलीले बुधबार राति साढे ११ बजे पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका एसपी दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेकाहरूमा ६ जना महिला छन्। साथै ३१ थान कौडा पनि बरामद गरिएको छ।
उनीहरूलाई बिहीबार जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको एसपी रेग्मीले जानकारी दिए।