सुनकोशी नदीमा एक व्यक्ति कुकुरसहित बेपत्ता भएका छन्।
काभ्रेको भुम्लु गाउँपालिका-८ दोलालघाटस्थित दुलालेश्वर मन्दिर नजिकै कुकुर डुलाउन गएका एक जना बेपत्ता भएका छन्।
भुम्लु गाउँपालिका-१ का २३ वर्षीय महेश दर्जी सुनकोसीमा बेपत्ता भएका हुन्।
उनी बिहीबार बिहानै कुकुर डुलाउनका लागि निस्किएका थिए। कुकुर नदीमा बगेपछि बचाउन जाँदा दुवैलाई बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल शाहले जानकारी दिए।
'कुकुरलाई बचाउन जाँदा उनी पनि बगाएको भन्ने सुन्नमा आएको छ,' उनले भने,'खोजी भइरहेको छ।'
युवकलाई नदीले बगाएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी चौकी दोलालघाटको टोली खोजि कार्यमा खटिएको उनले जानकारी दिए।