त्रिभुवन विश्वविद्यालयले चार वटा विभागको शुल्क समायोजन गर्ने भएको छ।
नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल (क्रान्तिकारी) ले उपकुलपति कार्यालयमा निरन्तर धर्ना दिएपछि त्रिविले शुल्क समायोजन गर्ने सहमति गरेको हो।
केन्द्रीय विभागमा स्तरउन्नति भएका मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत ४ विभागको शुल्क समायोजन गर्न त्रिवि र आन्दोलनरत अखिल (क्रान्तिकारी) बीच सहमति जुटेको हो।
यो पनि: किन त्रिवि उपकुलपति कार्यालयमा २४ सै घन्टा धर्ना दिँदैछन् माओवादीनिकट विद्यार्थी?
आन्दोलनमा रहेको अखिल (क्रान्तिकारी) त्रिवि जिल्ला समितिका विद्यार्थी नेताहरू र त्रिविका तर्फबाट अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णुप्रसाद खनालबीच मंगलबार चार बुँदे सहमति भएको हो।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, द्वन्द्व तथा शान्ति विकास अध्ययन, सामाजिक कार्य र लैंगिक अध्ययन कार्यक्रममा शुल्क समायोजन गर्ने सहमति भएको हो।
पहिले यी कार्यक्रम आत्मनिर्भर कार्यक्रम (सबै खर्च विद्यार्थीको शुल्कबाट बेहोर्ने गरी) अन्तर्गत चलेका थिए। त्रिवि केन्द्रीय विभागअन्तर्गत यी विभाग ल्याए पनि शुल्क समायोजन नभएपछि अखिल (क्रान्तिकारी) आन्दोलनमा उत्रिएको थियो।
हाल कायम शुल्कबाट घटाएर एक लाख १० हजार कायम गर्ने सहमति त्रिवि र आन्दोलनरत अखिल (क्रान्तिकारी) बीच भएको छ। यो शुल्क समायोजन दोस्रो सेमेस्टरबाटै लागू हुनेछ। यसअघि एक लाख ८० हजार शुल्क थियो।
अखिल (क्रान्तिकारी) ले निरन्तर धर्ना दिएपछि त्रिवि उपकुलपति प्रा.डा. दीपक अर्यालले विद्यार्थीहरूसँग वार्ता गरी शुल्क समायोजन गरिने बताएका थिए।
शुल्क समायोजन सहमतिसँगै ३४ दिनदेखि जारी आन्दोलन अखिल (क्रान्तिकारी) ले स्थगित गरेको छ।
यस्तो छ सहमति;
