आज ऋषि पञ्चमी मनाइँदैछ।
हिन्दु नारीहरूले ऋषि पञ्चमीका दिन बिहान सबेरै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ।
कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ।
आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले दोष निवारण हुन्छ भन्ने शास्त्रीय मान्यता छ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ।
आज काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्ने गरेको छ।
तस्बिरहरूः
-ink-1756353409.jpeg)
-ink-1756353409.jpeg)
-ink-1756353407.jpeg)
-ink-1756353407.jpeg)
-ink-1756353408.jpeg)
-ink-1756353406.jpeg)
-ink-1756353404.jpeg)
-ink-1756353406.jpeg)
-ink-1756353405.jpeg)
-ink-1756353405.jpeg)

-ink-1756353410.jpeg)
-ink-1756353404.jpeg)