रेस लामा भनिने गोपाल मोक्तान काठमाडौंबाट पक्राउ परेका छन्।
काठमाडौंको चाबाहिलस्थित एवान क्याफेबाट भदौ ४ गते मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
जनक भनिने एकराज कार्कीलाई अश्लिल शब्द प्रयोग गरी गालीगलौज गरेको र कुटपिट समेत गरेको जाहेरीका आधारमा ४२ वर्षीय मोक्तानलाई पक्राउ गरिएको एसपी बोहराले जानकारी दिए।
पक्राउ परेका मोक्तान दोलखाको बैतेश्वर गाउँपालिका-३ घर भई हाल सुकेधारा बस्दै आएका छन्।
उनलाई प्रहरी वृत्त गौशालाबाट सादा पोसाकमा खटिएको टोलीले पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए।