भारतको नयाँ दिल्लीमा नेपाली युवकमाथि हतियार प्रहार भएको छ।
२८ वर्षीय तुल बहादुरमाथि तीन जना नाबालकले दिल्लीको राजविर कोलोनी नजिकै हतियार प्रहार भएको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ।
तुल बहादुर नेपाली नागरिक हुन्। उनी खोडा कोलोनीमा बस्दै आएका थिए।
उनले तीन जना नाबालकलाई म:मको २० रुपैयाँ तिर्न भनेपछि विवाद भएको थियो। उनीहरूले २० रुपैयाँ तिर्न अस्वीकार गरेपछि हतियारले तुलबहादुरको छातीमा प्रहार गरेका थिए।
स्थानीयले घटना लगत्तै तुलबहादुरलाई लालबहादुर शास्त्री अस्पतालमा पुर्याएका थिए। त्यहाँबाट उनलाई ट्रमा सेन्टर लगिएको थियो।
गाजीपुर प्रहरी चौकीले तीन जना नाबालकलाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।