खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका वडा नम्बर २ निपनियामा डिप बोरिङ गरिएको छ।
७० लाखको लागतमा डिप बोरिङ गरिएको हो। साथै १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण गरिएको छ।
कमला सिँचाइ कार्यालययका अनुसार यो बोरिङबाट ७० बिघामा सिँचाइ सेवा उपलब्ध हुनेछ।
बुधबारदेखि प्रारम्भ भएको बोरिङ सेवाको पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गरेका छन्।
त्यस अवसरमा गोलबजार नगरका प्रमुख श्यामकुमार श्रेष्ठले हालसम्म ६ वटा डिप बोरिङ खनिएको बताए।