धादिङको खानीखोलामा पेट्रोलियम पदार्थ बोकेको ट्यांकरमा आगो लागेको छ।
सोमबार बिहान १०:२० बजे बाराको अमलेखगन्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख ३७७४ नम्बरको ट्याकर धादिङको धुनीबेशी नगरपालिका-८ खानीखोलामा अकास्मात आगो लागेको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उक्त ट्यांकरले २० हजार लिटर पेट्रोलियम पदार्थ बोकेको थियो।
ट्याङकरमा अचानक इन्जिनको तार सर्ट भई आगो लागेको थियो।
आगो लाग्नासाथ स्थानीय प्रहरी, दमकल मद्दतले आगो निभाइएको प्रहरीले जनाएको छ।
आगलागीमा कुनै मानवीय क्षति नभएको र ट्यांकरको इन्जिनको तारमा मात्रै क्षति भएको प्रहरीले जनाएको छ।