पेप्सिकोलामा अवस्थित कौस्तुभ एकेडेमीले कक्षा १२ को (२०८२) परीक्षामा एकेडेमीको तर्फबाट उत्कृष्ट नतिजा ल्याउन सफल छात्रा गीता देवी खड्कालाई ‘सोनु स्मृति छात्रवृत्ति’ प्रदान गरेको छ।
शनिबार राजधानीको होटल हायात सेन्ट्रिक, सोल्टीमोडमा आयोजित विशेष कार्यक्रममा नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेडका कार्यकारी प्रमुख सुरेन्द्र थापाको प्रमुख आतिथ्यतामा खड्कालाई छात्रवृत्ति वितरण गरिएको हो।
एकेडेमीका प्रिन्सिपल किरण प्रकाश न्यौपानेले छात्रा खड्कालाई सम्मानपत्र प्रदान गरे। सोनु स्मृति फाउन्डेसनकी अध्यक्ष मुस्कान श्रेष्ठज्यूले ५१ हजार १ सय ११ रुपैयाँको छात्रवृत्ति चेक हस्तान्तरण गरिन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले परिश्रम, अनुशासन र लगनशीलताले मात्र विद्यार्थी जीवनलाई सफलता दिलाउने उल्लेख गर्दै गीता देवी खड्काको उत्कृष्ट उपलब्धिको प्रशंसा गरे। त्यस्तै, प्रिन्सिपल न्यौपानेले एकेडेमीले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै व्यक्तित्व विकासलाई पनि प्राथमिकता दिने बताए।
यसै अवसरमा एकेडेमीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरेको थियो। कार्यक्रममा सहभागी विद्यार्थीलाई एकेडेमीको शैक्षिक दृष्टि, भविष्य योजनाहरू र विद्यार्थीमैत्री कार्यक्रमबारे जानकारी दिइएको थियो।