जिल्ला अदालतले नाबालिकामाथि भएको बलात्कार मुद्दामा एक जना युवकलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ।
जिल्लाको दंगीशरण गाउँपालिका–२ कलमखोलाका २३ वर्षीय दिलिप विकलाई १४ वर्षीया बालिकालाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै १२ वर्ष कैद सजाय, ५ लाख रुपैयाँ जरिवाना, ३० हजार क्षतिपूर्ति र २० हजार रुपैयाँ राहत कोषमा जम्मा गर्न आदेश गरेको छ।
जिल्ला न्यायाधीश लालसिंह थापाको इजलासले विकलाई साउन २१ गते कसुरदार ठहर गरेको थियो भने साउन २७ गते उक्त सजाय निर्धारण गरेको अदालतका सूचना अधिकारी गोकर्ण वलीले जानकारी दिए।
पीडित बालिकाले २०८१ वैशाख ६ गते विकले आफूमाथि बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्।
एक्लै बाख्रा चराउन जंगलमा गएकी ती नाबालिकलाई विकले बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी थिइन्।