बाँकेको नेपालगञ्ज बसपार्कमा लागुऔषधका कारोबारी समात्न प्रहरीले गोली चलाएको छ।
गोली लागेर एक जना घाइते भएका छन्।
बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीका अनुसार असई नबिन शाही पनि घाइते भएका छन्।
उनीमाथि चक्कु र सिसाको बोतल प्रहार भएको एसपी घर्तीले बताए।
लागुऔषधका कारोबारी समाप्त पुगेको प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले प्रतिकारमा गोली चलाउनु परेको एसपी घर्तीले बताए।
घाइते व्यक्तिको पहिचना खोलिएको छैन।
एसपी घर्तीका अनुसार घाइते व्यक्ति भारतका हुन।
घाइतेलाई नेपालगञ्जस्थित संजिवनी अस्पतालमा उपचारका लागि पुर्याइँदैछ।
प्रहरीका अनुसार आगुऔषध कारोबारीमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको छ।