काठमाडौंको ठमेलबाट बुद्धचित्तका दानासहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-१६ ठमेलको जेपी रोडको एक चिनियाँ होटलबाट बुद्धचित्तको दानासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक लुई जिन्टाओ र २३ वर्षीय लुइ साओसेँइ छन्।
उनीहरूबाट प्रहरीले ११५.६५ किलो बुद्धचित्तको माला र स्रोत नखुलेको १२ लाख ७० हजार नगद बरामद गरेको छ।
तीन वटा मोबाइल र उनीहरूका दुई वटा पासपोर्ट पनि बरामद गरेको छ।