काठमाडौंमा पछिल्लो समय आर्थिक अपराधमा वृद्धि भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार सबैभन्दा बढी मुद्दा दर्ता बैकिङ कसुरमा हुने गरेका छन्।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले मुख्य १० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दालाई विश्लेषण गर्दा बैकिङ कसुर पहिलो नम्बरमा रहेको बताए।
बुधबार परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनले गत आर्थिक वर्ष २०८१/०८२ मा ६ हजार ५ सय ५३ वटा मुद्दाहरू बैकिङ कसुरका दर्ता भएको बताए।
गत वर्ष १२ हजार ९ सय १५ वटा मुद्दा दर्ता भएका थिए।
उनका अनुसार बैकिङ कसुरपछि अभद्र व्यवहारका मुद्दा १ हजार ९ सय ५३ वटा छन्।
त्यसपछि क्रमशः चोरी, ठगी, लागुऔषध, आत्महत्या, जबर्जजस्ती करणी, ज्यान मार्ने उद्योग, सवारी ज्यान र अंगभंगका घटनाहरू रहेको उनले बताए।
चोरीका ९५१, ठगीका ७४७, लागूऔषधका ४३१, आत्महत्याका ३३२, जबर्जजस्ती करणी २४४, ज्यान मार्ने उद्योग १४०, सवारी ज्यान १०० र सवारी अंगभंग ७४ वटा मुद्दा दर्ता भएका छन्।
औसतमा दैनिक ३५ वटा मुद्दा दर्ता भएको देखिएको उनले बताए।
उनका अनुसार यी १० प्रकारका मूख्य संख्याका अपराधहरुले जम्मा मुद्दाको ८९ प्रतिशत हिस्सा ओगटेका छन्।
‘१० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दा हामीले हेर्यौं भने बैकिङ कसुरका मुद्दाहरू सबैभन्दा टपमा छन्। ६ हजार ५५३ वटा केसहरू बैंकिङ कसुरका छन्। त्यसपछि हामीले अभद्र व्यवहारका मुद्धा १ हजार ९५३ छ,’ उनले भने।