धनुषामा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बुधबार मिथिला नगरपालिका-२ बाट दुई जनालाई पक्राउ गरेको जनाएको छ।
ब्युरोबाट प्रहरी निरीक्षक राकेश यादव र वरिष्ठ सई बालकृष्ण संजेल नेतृत्वको टोलीले दुई जनालाई पक्राउ गरेको हो।
प्रहरीले एक राउण्ड हवाई फायर र अर्को पटक लागुऔषध कारोबारीमाथि प्रहार गरेको हो।
प्रहरीले पटकपटक कारोबारमा संलग्न हुने पप्पु साहलाई पक्राउ गरेको छ। अर्का एक जना महिला पनि नियन्त्रणमा छन्।
पप्पुको घुँडामुनि गोली लागेर घाइते भएका छन्। उनीहरूबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको छ।
पप्पु लागुऔषधकै कारोबार गरेको मुद्दामा ८ वर्ष जेल बसिसकेका छन्।