असार २४ गते नेपाल-चीन सिमाना रसुवागढीमा बाढी आएर मितेरी पुल बगाएपछि चीनतर्फ फसेका थप १६९ जनालाई स्वदेश फर्काइँदैछ।
गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, ल्हासास्थित नेपाली महावाणिज्य दूतावास, काठमाडौंस्थित चिनियाँ राजदूतावास दुवै तर्फका प्रशासन र अन्य निकायको पहलमा थप १६९ जनालाई स्वदेश फर्काउन लागिएको हो।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बुधबार दोस्रो चरण नेपालीहरूलाई फर्काउन लागिएको जानकारी दिए।
यसअघि साउन ७ गते २०३ जनालाई तातोपानी नाका हुँदै नेपाल फर्काइएको थियो।