पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डा.बुद्धिप्रसाद पौडेल नियुक्त भएका छन्।
प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पौड्याललाई नियक्त गरेका हुन्।
बाथरोग विशेषज्ञ रहेका प्राध्यापक डा.पौडेल दुई दशकदेखि पाटन अस्पतालमा कार्यरत छन्।
पाटन अस्पतालको इन्टर्नल मेडिसिन विभागका प्रमुख समेत रहेका प्रा.डा पौडेल चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का १४ औं ब्याचका गोल्ड मेडलिस्टसमेत हुन्।
उपकुलपति बनेका पौडेलले सिएमएदेखि आफ्नो 'करिअर' सुरु गरेका थिए।