अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा चितवनको सौराहामा हात्तीलाई वनभोज गरिएको छ।
मंगलबार १४ औं हात्ती दिवस हो। हरेक वर्ष अगष्ट १२ मा हात्ती संरक्षणको उद्देश्यले यो दिवस मनाइन्छ।
दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निजीस्तरमा पालिएका हात्तीलाई वनभोज खुवाइएको हो।
युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हात्ती वनभोज कार्यक्रमको आयोजना गरेको छ। वनभोजमा सरकारी र निजी गरेर ६० वटा सहभागी रहेको संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए।
निजी ३८, निकुञ्जका १९ र राष्ट्रिय प्रकृति संरक्षण कोषका ३ वटा हात्ती वनभोजमा सहभागी थिए। वनभोजमा हात्तीलाई मन पर्ने परिकार उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरबुजाका परिकारहरू छन्।
खतिवडाले हात्तीलाई सकेसम्म कम दुःख दिने गरी पर्यटन गतिविधिमा सहभागी गराउने गरिएको बताए। उनले निजी हात्तीलाई पनि निकुञ्ज भित्रको घाँस प्रयोग गर्न पाउने व्यवस्था मिलाउन आग्रह गरे।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले चितवन निकुञ्जको संरक्षण र पर्यापर्यटनमा हात्तीको भूमिका अग्रणी स्थानमा रहेको बताए। उनले वन्यजन्तु संरक्षणमा स्थानीय जनतालाई पनि जागरूक बनाउँदै मानव-वन्यजन्तु सहअस्थित्व कायम गर्नुपर्ने बताए।
सौराहा आउने पर्यटकहरू हात्ती चढेर जंगल घुम्न रमाउँछन्। चितवन निकुञ्जमा अहिले छावासहित ५८ वटा हात्ती छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषमा ५ वटा र सौराहामा निजीस्तरमा पालिएका ४५ वटा हात्ती छन्।
तस्बिरहरू:
-1754980251.jpg)

-1754980250.jpg)
-1754980250.jpg)
-1754980248.jpg)
-1754980249.jpg)
-1754980250.jpg)
-1754980244.jpg)
-1754980245.jpg)
-1754980245.jpg)
-1754980248.jpg)
-1754980244.jpg)
-1754980242.jpg)
-1754980242.jpg)
-1754980241.jpg)
-1754980241.jpg)
-1754980241.jpg)
-1754980241.jpg)