अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई पक्राउ गरेको छ।
उनलाई अख्तियारको टोलीले १३ हजार घुससहित सोमबार नापी कार्यालयबाटै पक्राउ गरेको हो।
चन्द्रागिरी नगरपालिका-१३ नम्बरमा रहेको जग्गा नयाँ पुर्जा बनाउने प्रयोजनका लागि घुस लिएको रकमसहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
उनका अनुसार कुँवरको १ थान र कार्यालय प्रमुखको २ थान मोबाइलसमेत बरामद गरिएको छ।