रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ।
तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा भएको उक्त दुर्घटनामा नवलपरासीको सुनवल घर भई हाल तिलोत्तमा नगरपालिका वडा नं १४ तीनधुरा, भलवारी बस्ने २० वर्षीय खेम भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार, लु ४६ प ८२९१ नम्बरको उक्त मोटरसाइकल बुटवलबाट भलवारीतर्फ जाँदै गर्दा सोमबार बिहान पौने ४ बजे तिर अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका भुसाललाई उपचारका लागि तत्काल मणिग्रामस्थित क्रिमशन अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले सिमसिम परेको पानीमा सडक चिप्लिएर दुर्घटना भएको हुनसक्ने आशंका गरेको छ। ---