जनकपुरमा रेलले कारलाई ठक्कर दिएको छ।
आइतबार बिहान पौने ९ बजे जनकपुर उपमहानगरपालिका-९ स्थित थापा चोकबाट हिरा अस्पताल आउँदै गरेको कार रेल-वे लिकमा अड्किएपछि पश्चिमतर्फबाट आउँदै गरेको १७८३१५ नम्बरको रेलले ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरूणबहादुर सिंहका अनुसार रेल-वे लिक पार गर्दा कारको पछाडिको पांग्रा लिकमै फसेको थियो।
कार धनुषाकै लक्ष्मिनियाँ गाउँपालिका-६ निकालका २२ वर्षीय ललित यादवले चलाएका थिए।
दुर्घटनामा उनी सामान्य घाइते भएका छन्। कारमा पनि क्षति पुगेको छ। क्षतिग्रस्त कार लिकबाट बाहिर निकालिएको अवस्थामा घटनास्थलमै छ।