जनकपुरबाट मलंगवा जाँदै गरेको यात्रुवाहक बस सर्लाहीमा दुर्घटना भएको छ।
शुक्रबार साँझ पौने ६ बजे सर्लाहीको ईश्वरपुर नगरपालिका-४ स्थित पूर्व–पश्चिम राजमार्गको दोस्रो लच्का नजिकै उक्त दुर्घटना भएको हो।
ग१ख ९४९४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर सडकमै पल्टिँदा चालकसहित १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिए।
घाइतेहरूको लालबन्दीस्थित मोडल अस्पताल, सर्लाही लाइफलाइन हेल्थ केयर र शुभस्वस्तिक अस्पताल बर्दिबासमा उपचार भइरहेको उनले बताए।
प्रहरीले दिएको विवरणअनुसार घाइतेहरूमा उदित साह, रामपुकार मुखिया, सुमित्रादेवी महतो, कमलाकुमारी महतो, आशिषकुमार महतो, चन्दादेवी साह, जतारन महतो, सखिया महतो, हरिशंकर साह, रेनुका गौतम, मुनिकाकुमारी शर्मा, धिरजकुमार ठाकुर, बिर्जना सिंह, मन्जुकुमारी महतो, आशिष महतो, सुसन महतो, रिता चौधरी, श्रीषा पोख्रेल र विजय यादव छन्।